तीनपांग्रे सवारी पियाजियोमा सिभिल र माछापुच्छ्रे बैंकले ७० प्रतिशतसम्म लगानी गर्ने, रोजगारी सृजना हुने

  २०७४ चैत २५ गते १८:०५     विकासन्युज

काठमाडौं । तीनपांग्रे सवारी साधन पियाजियोमा लगानीका लागि सिभिल बैंक र माछापुच्छ्रे बैंक तथा विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौताभएको छ । दुवै बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेका हुन् ।  बैंकहरुले ७० प्रतिशतसम्म लगानी गर्ने जनाइएकाे छ ।

उक्त सम्झौतापत्रमा विवेक अटोमोबाइल्सकातर्फबाट कार्यकारी निर्देशक विवेक दुगड तथा सिभिल बैंककातर्फबाट चिफ बिजनेस अफिसर सुजितकुमार शाक्य र माछापुच्छ्रे बैंककातर्फबाट चिफ बिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन् ।

नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि उपयुक्त तथा प्रभावकारी साधनको रुपमा तीनपांग्रे सवारी साधनलाई लिने गरिएको छ । उक्त सवारी सानो पूँजी लगानीबाटै सञ्चालन गर्न सकिन्छ ।

सम्झौतामा बैंकहरुले इटालियन ब्रान्डको तीनपांग्रे सवारी साधनˈपियाजियोˈलाई सरल तथा छरितो तवरले लगानी गर्ने बताएका छन् । उक्त सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजना गर्न सहज भएको विवेक अटोमोबाइल्स प्रालिका कार्यकारी निर्देशक विवेक दुगडले बताए ।

एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइल्स पियाजियो गाडीको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.