माछापुछ्रे बैंकले भिसा चिप कार्ड प्रयोगकतालाई १० प्रतिशत क्यास ब्याक दिने

  २०७४ चैत २५ गते १७:०६     विकासन्युज

काठमाडौं । माछापुछ्रे बैंकले नयाँवर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा रु. १००० ग्राहकको खातामा फिर्ता गर्ने कम्पनीले बताएको छ ।

कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकले जनाएको छ । ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था मिलाएको बैंकको भनाइ छ ।

बैंकको अनुसार अफर सीमित अवधिको लागि ल्याइएको हो । अफरबाट ग्राहकले अत्याधिक लाभ लिन सक्नेछन् । अफर चिप कार्डमा मात्र लागू भएकोले बैंकले चिप कार्ड नभएका ग्राहकहरुलाई आफ्नो कार्डलाई चिप कार्डमा परिवर्तन गर्न समेत आव्हान गरेको छ । नयाँ वा पुराना ग्राहकले नजिकको शाखाबाट तुरुन्त चिप कार्ड पाउने व्यवस्था समेत मिलाइएको बैंकको भनाइ छ ।

बै‌कको मुलुकभर ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर, १४ शाखा रहित बैंकिङ सेवा गरि ८० स्थानबाट ग्राहकहरुलाई सम्पूर्ण सेवा प्रदान गरिरहेको छ । साथै ८६ वटा एटीएमबाट समेत बैंकको सेवा प्रवाह भइरहेको जानकारी दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.