घरमै बसेर डिग्री पढ्न ६०० विद्यार्थीले दिए खुला विश्वविद्यालयमा आवेदन, चाप बढेपछि थपियो समय

  २०७४ चैत २५ गते १६:३४     राजाराम न्यौपाने

 

काठमाडौं । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ६०० विद्यार्थीले आवेदन दिएका छन् । धेरै विद्यार्थीबाट समय थप गर्न अनुरोध आएपछि विश्वविद्यालयले फारम बुझाउने मिति थप गरेर वैशाख ५ गते सम्मलाई तोकेको हो ।

विश्वविद्यालयले चैत २१ गतेसम्म फारम बुझाउने अन्तिम दिन तोकेपनि विद्यार्थीको चासो धेरै बढेपछि म्याद थप गरेको विश्वविद्यालयका उपकुलपति प्रा.डा लेखनाथ शर्माले बताए ।

खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विधार्थीले भर्ना हुन इच्छा देखाएपछि म्याद थपिएको उनले जानकारी दिए । विश्वविद्यालयले घरमै बसेर अनलाइनमार्फत स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न भर्ना खुलाएको छ ।
एमफील इन आईसीटी, मास्टर्स इन ई–गर्भनेन्स, एमफील इन सोसल साइन्स, एमफील इन एजुकेसन, डिप्लोमा इन लाइबे्ररी एन्ड इन्फरमेसन म्यानेजमेन्ट, पोस्ट ग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई–लर्निङ मा भर्ना खुलाएको हो । भर्ना फारमका लागि विश्वविद्यालयले १ हजार रुपैयाँ दस्तुर लिएको छ ।

यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे र विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षिय लागि भर्न खुला गरेको हो ।

उनकाअनुसार विश्वविद्यालयले वैशाख १५ गते प्रवेश परीक्षा लिने कार्यतालिका तय गरेको छ । प्रवेश परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पसमा हुनेछ । ई–सेवाबाट पनि भुक्तानी गर्ने व्यवस्था मिलाएका विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले शैक्षिक शत्र ०७४/०७५ का लागि सेमेष्टर प्रणालीमा स्नातकोत्तर र मास्टर्स इन फिलोसफी (एमफील) सम्म कलेज नगइ अध्ययन गर्न सकिने व्यवस्था गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.