राष्ट्रिय वाणिज्य बैंक र नेपाल संस्कृत विश्वविद्यालयबीच सम्झौता

  २०७४ चैत २३ गते १५:४३     विकासन्युज

काठमाडाै‌ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल संस्कृत विश्वविद्यालयबीच विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक र कर्मचारीहरुको मासिक निवृत्तिभरण (पेन्सन) भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए ।

समारोहमा उप कुलपति कोइरालाले हाल विश्वविद्यालयका अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीले उक्त सुविधा लिने र भविष्यमा थप प्राध्यापक तथा कर्मचारीहरु समेत अहिले गरिएको सम्झौताबाट लाभान्वित हुने बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता अनुसारको सेवाको अतिरिक्त विश्वविद्यालयमा कार्यरत माहानुभावहरुलाई बैंकले आफ्ना आधुनिक बैंकिङ सेवाहरु प्रदान गराउदै जाने जानकारी दिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले हालसम्म नेपालको ६८ जिल्लामा १८१ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा ग्राहकहरुलाई उपलब्ध गराउंदै आइरहेको छ । बैंकका हालसम्म १२४ वटा एटीएम सञ्चालनमा आएको छ ।

बैंकले नेपाल सरकारका सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरु (निजामति, प्रहरी, नेपाली सेना र शिक्षक), नेपाल राष्ट्र बैंक, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल टेलिकम र त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त कर्मचारीहरुको पेन्सन वितरणको कार्य गर्दै आइरहेको छ । बैंकले वार्षिक २२ अर्व रुपैयाँभन्दा बढी पेन्सन वितरण गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.