एभरेष्ट बैंकको शाखा कावासोतीमा

  २०७४ चैत २२ गते २०:२४     विकासन्युज

काठमाडौं । देशको विभिन्न स्थानमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले एभरेष्ट बैंकले आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरर्ता दिदैं बैंकले नवलपुरको कावासोतीमा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको जनाएको छ ।

कावासोती शाखाको उद्घाटन नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।

उक्त कार्यक्रममा कावासोती नगरपालिकाका मेयर चन्द्रा पुन, नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष दासुराम पोखरेल लगायतका उपस्थिति रहेको बैंकले जानकारी गराएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत बाह्य सञ्जालमार्फत सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.