बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्ने ओमको शाखा अब कावासोती र बर्दघाटमा

  २०७४ चैत २२ गते २०:१२     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको नवलपरासीको कावासोती र बर्दघाट शाखाको बिहिबार बिधिवत उद्घाटन भएको छ । कावासोती शाखा उद्घाटन कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेकी थिइन् ।

बिहिबार नैे बर्दघाट शाखा उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले गरेका थिए । उनले सो अवसरमा बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा समेत गरेका छन् ।

बैंकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ११ रहेको जानकारी दिएको छ । ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको उक्त बैंकले बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले कार्यक्रममा जानकारी गराएका थिए । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.