कैलाश विकास बैंकको शाखा गुल्मीमा

  २०७४ चैत २२ गते १९:५३     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंकले गुल्मी जिल्लाको पुर्तिघाटमा आफ्नो ४६ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाको बिहीबार कालीगण्डकी गाँउपालकिा प्रमुख वेदबहादुर थापाले शुभारम्भ गरेका थिए ।

नयाँ शाखासहित बैंकको शाखा संख्या ४६ पुगेको छ भने एटीएम संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा समेत शाखा संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

राष्ट्रिय स्तरको उक्त बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाईल बैंकिङ, एसएमएस बैंकिङ लगायत सेवाहरु सञ्चालन गर्दै आइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.