जनता बैंक र बुम रेमिट्यान्सबीच सम्झौता, १० हजार सब–ऐजेन्ट तथा शाखाहरुबाट सेवा प्रदान

  २०७४ चैत २२ गते १९:३७     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले आफ्नो ‘जनता रेमीट’ को मुख्य एजेन्ट भई काम गर्न बुम रेमिट्यान्स प्रालिलाई नियुक्त गरेको छ । बिहीबार जनता बैंक नेपाल लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीेले र बुम रेमिट्यान्सकोतर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले यस सम्बन्धी सम्झौतामा हस्तक्षर गरेका छन् ।

सम्झौता बमोजिम जनता रेमिटमाार्फत पठाएको रकम बुम रेमिट्यान्स प्रालिले आफ्नो एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ भने बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपालले आफ्नो एजेन्ट र शाखाहरुमार्फत भुक्तानी गर्नेछ ।

ती रेमिट्यान्स र बैंक दुबैको गरेर नेपालमा ७७ वटै जिल्लामा १० हजार वटा भन्दाबढि सब–ऐजेन्टहरु छन् भने बैंकको नेपाल भर १०७ वटा शाखाहरु छन् ।

बुम रेमिटले जनता बैंकसँग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि विदेशमा रहेका नेपालीले विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाउने सम्झौता भएको छ ।

हाल बुम रेमिट्यान्सले खाडि मुलूकहरू र हङकङबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाँडै नै मलेसिया, कोरिया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार शुरु गर्ने जनाएकोछ ।

आन्तरिक सञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको जनता बैंक तथा बुम रेमिट दुवैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनीति लिएको जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.