डेविट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा गोरखा डिपार्टमेन्टका सबै शाखाबाट १० प्रतिशतसम्म नगद छुट

  २०७४ चैत २२ गते १८:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोरवबीच नेपालभर सञ्चालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरुमा कुनैपनि सामान खरिदमा १० प्रतिशतसम्म नगद छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंककातर्फबाट विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र  डिपार्टमेन्ट स्टोरकातर्फबाट प्रबन्ध निर्देशक वलराम आचार्यले केही दिनअघि उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण ५ वटा शाखाहरुबाट सनराइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्डबाट गरिने कारोवारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गर्ने बताएको छ ।

बैंकमा खाता नभएका ग्राहकर्वगहरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तुरन्त प्रिपेड डेविट कार्ड प्राप्त गरि छुटको सुविधा उपभोग गर्न सकिनेछ । योजना बैशाख १ गतेदेखि गोरखा डिपार्टमेन्ट स्टोरमा गरिएका सम्पूर्ण खरिदहरुमा लागू हुने बैंकको भनाइ छ ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले सो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहकवर्गहरु थप लाभान्वितका साथै कारोवार सुरक्षित हुने बैंकले विश्वास लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.