सिभिल बैंक र विवेक अटोमोवाईल्सबीच विपन्नवर्ग कर्जा सम्झौता, ७० प्रतिशतसम्म लगानी गर्ने

  २०७४ चैत २२ गते १७:१९     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्रबैंकद्वारा निर्दिष्ट गरीए बमोजिम विपन्नवर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोवाईल्स प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट चिफ विजिनेस अफिसर सुजितकुमार शाक्य र अटोमोवाईल्सको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् ।

नेपालको विभिन्न स्थानमा यात्रु ओसार पसार तथा सामान ढुवानीको लागी उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीन पांग्रे सवारी साधानलाई लिने गरिएको छ । उक्त सवारी सानो पूजीँ लगानीबाटै सञ्चालन गर्न सकिन्छ ।

सम्झौता अनुसार बैंकले विपन्नवर्ग कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको तीन पांग्रे सवारी साधान ‘पियाजो’लाई सरल तथा छरिटो तवरले ७० प्रतिशतसम्म लगानीगर्ने बताएको छ ।

यस सम्झौताबाट नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार युवाहरुलाई रोजगारीको सृजना गर्न सहज बाटो बनाइ दिएको बैंकका चिफ विजिनेस अफिसर शाक्यले बताएका छन् ।

बैंकले यस अघि पनि शाखा रहित बैंकिङ सेवामार्फत विपन्नवर्ग कर्जा परिचालनगर्दै आइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.