रेनोले नक्शालमा सञ्चालन गर्याे अत्याधुनिक शोरुम (फोटोफिचर सहित)

  २०७४ चैत २२ गते १५:३९     विकासन्युज

काठमाडौं । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स् प्रालि (विशाल ग्रुप अन्र्तगतको कम्पनी) ले अर्को नयाँ शोरुम (स्टेट आफ आर्ट शोरुम) काठमाडौंको नक्शालमा सञ्चालनकमा ल्याएको छ ।


आफ्ना ग्राहकलाई थप सेवा प्रदान गर्ने उद्देश्यले उक्त शोरुम सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।


शोरुम सञ्चालनपछि ग्राहकलाई नजिकै आफ्नो रोजाईको नयाँ रेनो कार, स्पेयर पार्टस र सर्भिस लिन सहज हुनेमा कम्पनले विश्वास गरेकाे छ ।
शोरुमको उद्घाटन एड्भान्स अटोमोवाइल कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्रले संयुक्त रुपमा गरेका थिए ।

रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख मिश्रले शोरुम उद्घाटन गर्दै नक्सालमा नयाँ शोरुम संचालनमा ल्याउन पाउँदा रेनाे परिवार खुसी भएको बताए । ‘ग्राहकहरुको माग बढ्दै गएकाले हामीले आफ्नो शोरुमहरु बिस्तार गर्दै लगेका हौं,’ उनले भने ‘जसबाट ग्राहकले कम्पनीको सेवाहरु सहज रुपमा छिटो छरितो प्राप्त गर्न सक्ने हाम्रो विश्वास छ ।’

नेपालमा सबैभन्दा चाँडो गाडीको बजारमा बिस्तार गर्ने कम्पनीको रुपमा एड्भान्स अटोमोवाइल्स् रहेको कम्पनीकाे दावी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.