२०७४ चैत २२ गते १५:०६ विकासन्युज
काठमाडौं । कर्मचारी संचय कोषको प्रशासकका लागि ३ जनाको नाम शिफारिश भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफाशिर समितिले तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई छनौट गरेको छ ।
समितिले बुधबार कोष सञ्चालनको व्यवसायिक योजना र अन्तरवार्ता लिएको थियो । योजना र अन्तरवार्ताबाट ३ जनाको नाम शिफारिश गरिएको समितिले जनाएको छ ।
रौनियार हाल कोषको कामू प्रशासकको रुपमा कार्यरत छन भने काफले उपप्रशासको रुपमा कार्यरत छन् । अर्थ मन्त्रायले नियुत्तका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.