सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बैंकास्योरेन्स सम्बन्धि ४० जनालाई तालिम

  २०७४ चैत २२ गते १४:००     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चैत्र तेस्रो साता केएफएसँगको सहयोग तथा सहकार्यमा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम पोखरामा सम्पन्न भएको थियो । उक्त तालिममा बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली तथा केएफएकातर्फबाट रेष्टा झा तथा जस्मीन हाटा उपस्थीत भएका थिए ।

उक्त तालिममा बैंकका बिभिन्न तहका ४० भन्दा बढी कर्मचारी लाभान्वीत भएको बैंकको भनाइ छ । बैँकले बिभिन्न बिमा कम्पनीसँग सहकार्य गरि आफ्ना ग्राहक बर्गलाई जीवन र निर्जिवन बिमाका बिबिध सेबाहरु प्रदान गर्ने गरेको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् ।

त्यस्तै बैंकले देशका बिभिन्न स्थानहरुमा शाखा बिस्तार गर्दै सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.