नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

  २०७४ चैत २२ गते १३:०२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकातर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र एभरेष्ट बैंक लिमिटेडकातर्फबाट नायब महाप्रबन्धक केशवराज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै अब एभरेष्ट बैंक लिमिटेडका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटो छरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुने जानकारी दिएइको छ । साथै जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सुबिधा प्राप्त गर्न सक्ने बताइएको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीले दावी गरेको छ । कम्पनीको हाल अधिकृत पूँजी रु ५ अर्ब, चुक्ता पूँजी रु ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.