ग्लोबल आइएमई र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने

  २०७४ चैत २१ गते १९:३४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल मेडिसिटी अस्पतालबीच मंगलबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुई पक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल बीच हस्ताक्षर भएको थियो ।

सम्झौतापश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारी एंव कर्मचारीका परिवारले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्म छुट प्रप्त गर्ने व्यवस्था छ । यद्मपि, औषधी, उपभोग्य वस्तु, प्रयारोपण सामाग्री एंव चिकित्सकको परामर्श शुल्कमा भने छुट पाइने छैन ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२० वटा शाखा, १२८ वटा एटीएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ वटा शाखा रहित बैंकिङ सेवामाफर्त आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.