नेपाल खुला विश्वविद्यालयले शैक्षिक क्षेत्र विस्तार गर्दै, सातवटै प्रदेशमा जाने तयारी

  २०७४ चैत २१ गते १९:१७      राजाराम न्यौपाने

काठमाडौं । नेपाल खुला विश्वविधालय देशका ७ वटै प्रदेशमा जाने भएको छ । प्रदेशमा कार्यक्षेत्र विस्तारका लागि विश्विद्यालयले आन्तरिक तयारी थालेको छ ।

पहिलो चरणमा विश्वविद्यालयले सरोकारवालासंग शैक्षिक कार्यको अभिमुखिकरण कार्यक्रम र प्रदेश स्तरमा स्थापना हुने प्रादेशीक अध्ययन केन्द्र स्थापनका लागि छलफल थाल्ने भएको छ ।

खुला विश्वविद्यालयका रजिष्ट्रार कमल ढकालले ७ वटै प्रदेशमा कार्यक्षेत्र विस्तारको तयारीमा लागेको जानकारी दिए । उनले कार्य क्षेत्र विस्तारमा जानुअघि सबै प्रदेशमा अन्तरक्रिया गरिने बताए । विश्वविद्यालयका लागि भवन वा जग्गा उपलब्ध गराउने बारेमा छलफल गर्ने पनि ढकालले सुनाए ।

खुला विश्वविद्यालयका प्रा.डा. लेखनाथ शर्माकाअनुसार पहिलो चरणमा ७ वटा प्रदेशमा अध्ययन केन्द्रहरु राखिने छ । त्यसमा विद्यार्थीहरुको चापलाई हेरेर सिकाई सहयोग केन्द्र पनि स्थापना गरिने उनले बताए । कुनै विद्यार्थीको नेटमा समस्या आएमा नजिकैको अध्ययन केन्द्र वा सिकाई केन्द्रवाट पेन्ड्राइपमा हालेर घरमानै लगेर समेत अध्ययन गर्न सकिने बताए ।

विश्वविद्यालयले पहिलो चरणमा समाजशास्त्र तथा शिक्षा र विज्ञान स्वास्थ्य तथा प्रविधि संकायमा स्नातकोत्तरसम्मका लागि भर्ना खुलाएको छ । सामाजिक तथा शिक्षा संकायअन्तर्गत डेढ वर्षका लागि अर्थशास्त्र, समाजशास्त्र र राजनीतिकशास्त्रका लागि एमफीलका लागि भर्ना खुलाएको छ ।

शिक्षातर्फ नेपाली, अंग्रेजी, स्वस्थ्य, शिक्षा, सामाजिक विज्ञान र गणितका लागि एमफीलका लागि भर्ना खुलाएको विश्वविद्यालयले जनाएको छ ।

यस्तै पोस्टग्राजुयट डिप्लोमा इन डिस्ट्यान्स एन्ड ई लर्निङ र डिप्लोमा इन लाइब्रेअरी एन्ड इन्फरमेशन म्यानेजमेन्टको एक वर्षे कोर्सका लागि पनि भर्ना खुलेको छ ।

विज्ञान संकयातर्फ आईसीटीमा एमफील र मास्टर्स इन ई गभरनेन्स दुई वर्षे कार्यकालका लागि भर्न खुला गरेको हो । विश्वविद्यालयले त्रिभुवनको भन्दा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.