एनआईसी एशिया बैंकले भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्दै, १९२ शाखाबाट भुक्तानी पाइने

  २०७४ चैत २१ गते १८:१४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक्सीस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सीस बैंक लिमिटेड भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार एक्सीस बैंककोे भारतमा अवस्थित ३ हजार ५०० भन्दा बढी शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ वटा शाखाहरु तथा ५ हजार भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बताइएको छ ।

बैंकलाई आमजनमानसले गरेको विश्वास, भरोसाले लगायतको कारणले हाल मुलुकभर १९२ शाखा सञ्चालनमा रहेको बताएको छ । शाखा सञ्चालनसँगै निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको दवी गरेको छ ।

बैंकको १९३ एटीएम सञ्जाल छ । ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५ हजार भन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्टसहित ५ हजार ३९३ भन्दा बढी भौतिक सञ्जालमार्पmत् बैंकिङ सेवा मुलुकभर प्रदान गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.