पाल्पामा कैलाश विकास बैंकको शाखा खुल्याे

  २०७४ चैत २१ गते १७:१४     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडले पाल्पा जिल्लाको दम्कडामा आफ्नो ४५ औँ शाखा स्थापना गरेको छ । उक्त शाखाले बुधवारदेखि कारोवार शुरु गरेको हो ।

एक समारोहकाबीच उक्त शाखाको उद्घाटन प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्डेले गरेका बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । उनका अनुसार नयाँ शाखासहित बैंकको शाखा संख्या ४५ पुगेको छ । एटीएमको संख्या २२ पुगेको छ ।

त्यस्तै बैंकले निकट भविष्यमा गुल्मी जिल्लाको पुर्तिघाट, झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

बैंकको चुक्तापूँजी रू २ अर्व ५२ करोड रहेको छ । संस्थाले हालसम्म १९ अर्व ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंककिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.