असाधारण कार्यको लागि तयार रहन सहकारी संस्थाहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

  २०७४ चैत २१ गते १६:०२     विकासन्युज

काठमाडौं । मुलुकको आर्थिक समृद्धिको लागि सहकारीको भूमिका अपरिहार्य रहेको भन्दै प्रधानमन्त्री केपी ओलीले असाधारण कार्य गर्नको लागि सहकारी संस्थाहरुलाई तयार भएर बस्न अनुरोध गरे ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा राजधानीमा बुधबार र बिहीबारसम्म सञ्चालन हुने दोस्रो सहकारी महासम्मेलनको उद्घाटन गर्दै उनले मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको भन्दै महासम्मेलनको अवसरमा त्यसको लागि तयारीकाे छलफल गर्न अनुराेध  गरे । ‘गएको ६ दशक सहकारीहरुको लागि प्रतिकुल र कस्टकर थियो,’ उनले भने ‘तर अहिले त्यस्तो अवस्था छैन ।’

उनका अनुसार हाम्रो देश अल्पविकसित छ । यद्यपि मुलुकमा विभिन्न क्षेत्रहरुको समुचित विकास गर्दै समृद्धिको बाटोमा अघि बढ्नु छ । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान एक तिहाइ छ । तर दुई तिहाइ जनसंख्या त्यसमा निर्भर छ । सोलाई घटाउनु र उत्पादन बढाउनु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको छ । ‘त्यसका लागि सहकारीको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले थपे ‘हामीले गएको वर्षदेखि त्यसको शुरुवातको रुपमा मुलुकको विभिन्न क्षेत्रमा जोन, सुपरजोन, प्लट बनाएका छौं ।’ साथै कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीकिरण, यान्त्रीकिकरणको दिशामा अघि बढाइसकेको उनको भनाइ छ । उनले सहकारी आफैमा लाभदायिक नभएको र त्यसालाई लाभदायिक, फलदायी, सहयोगि बनाउन पर्ने उनको जोड छ । सहकारीलाई मजबुद र प्रभावकारी बनाउन सरकारले जस्तोसुकै सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

त्यस्तै अर्थमन्त्री डा. युवाराज खतिवडाले पनि मुलकलाई समाजवाद उन्मुख राज्य बनउन सहकारीको भूमिका महत्वपूर्ण रहने बताए । ‘देश अहिले दिगो विकास लक्ष्य भेटाउने दिशामा अघि बढिरहेको छ,’ उनले भने ‘त्यसको लागि सहकारीसँग गरिबीलाई हटाउन शुन्य भोकमरी लगायत सम्बन्धमा सहकार्य आवश्यक छ ।’ उनको अनुसार सहकारीले कृषि, खाद्य, स्वास्थ्य, उर्जा, रोजगार, सुरक्षण लगायतको क्षेत्रमा काम गर्न सक्ने उनको भनाइ छ ।

सहकारीको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन ती क्षेत्रहरु सशक्त रहेको उनको बताए । सरकारले तीन खम्बे नीतिअनुसार निजी क्षेत्र र सहकारीसँग सहकार्य गरि अघि बढ्ने उनको भनाइ छ । सहकारीको कुनै एक सदस्य गाँस, वाँस, कपास लगायतको आधारभूत आवश्यकताको कारणले मर्न नपाउनु पनि मुलुकको लागि ठूलो उपलब्धि हुने उनले बताए ।

महासंघको अनुसार मुलुकमा अहिले सहकारीमा आबद्ध ६३ लाख सदस्य छन् । ३ खर्ब रुपैयाँ भन्दा बढी पूँजी परिचालित छ । ६० हजार संख्यमा रोजगार सृजना भएको छ । जसमा ५१ प्रतिशत महिला सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.