नविल बैंक, नेपाल इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकमा लगानीकर्ता झुम्मिए, यस्तो छ कारण

  २०७४ चैत २१ गते १५:४१     विकासन्युज

काठमाडौं । बुधबार सेयर बजार २७ अंक बढ्दा लगानीकर्ता ३ कम्पनीमा झुम्मिएका छन् । लगानीकर्ता झुम्मिएपछि बुधबार सबैभन्दा बढी नविल बैंकको सेयर किनबेच भएको छ ।

त्यसपछि क्रमशः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार भएको छ ।
नविलको प्रतिकित्ता ९५६ रुपैयाँमा १ करोड ६२ लाख ५८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार नविलका सेयर मूल्य १५ बढेर प्रतिकित्ता ९६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै नेपाल इन्स्योरेन्सको पनि प्रतिकित्ता ८५० रुपैयाँमा १ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल इन्स्योरेन्सको सेयर मूल्य २० रुपैयाँ बढेको छ । मंगलबार ८३० रुपैयाँ थियो । नेपाल इन्भेष्टमेन्टको प्रतिकित्ता ६५६ मा १ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्टको सेयर ११ रुपैयाँ बढेको छ । मंगलबार प्रतिकित्ता ६४५ रुपैयाँमा कारोबार भएको थियो ।

३ वटै कम्पनीको वित्तीय अवस्था सबल भएको, आगामी वर्ष पनि आकर्षक प्रतिफल दिने अनुमान र सस्तो सेयर भएका कारण लगानीकर्ता यी कम्पनीमा लोभिएका एक ब्रोकरले बताए । नविल, नेपाल इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट लगानीकर्तालाई राम्रो प्रतिफल दिने कम्पनीमा गनिएका छन्

नेपाल इन्स्योरेन्सले चुक्तापँजी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेपछि पनि लगानीकर्ताले बढी सेयर किनेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.