कुमारी बैंकको १७ औं वार्षिकोत्सवमा रक्तदान

  २०७४ चैत २० गते १९:५३     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले १७ औं वर्ष सफलतापूर्वक सम्पन्न गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैक कर्मचारी संघले आयोजना गरेको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम ग्राहकहरु गरि १०३ जनाले रक्तदान गरेको बताइएको छ ।

सोही उपलक्ष्यमा बैंकले साताव्यापी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको जानकारी दिएको छ ।

कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोगमार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।

हाल बैंकले ७२ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएमद्वारा आधुनिक बैकिङ सेवा उपलब्ध गराईरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.