एसईई सकियो, अब जाने हैन त ब्रिजकोर्स पढ्न ?

  २०७४ चैत २० गते १४:३३     राजाराम न्यौपाने

काठमाडौ । चितवको स्मल हेवन स्कुलबाट एसईईको परीक्षा सकिएको केही दिन मै राउल शाह ब्रिजकोर्समा भर्ना भए । कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने योजना बनाएका उनको पहिलो उद्देश्य प्रवेश परीक्षामा राम्रो अंक ल्याएर छात्रवृत्ति प्राप्त गर्नु हो ।

उनीसँगै उनका सहपाठीे साथीहरु पनि ब्रिजकोर्सका लागि इन्स्टिच्युटमा भर्ना भएका छन् । परीक्षा र नतिजाबीचको तीन महिना समयको सदुपयोग पनि हुने र कक्षा ११ मा भर्ना हुनका लागि पनि सहज हुने भएकाले आफूहरु ब्रिजकोर्समा भर्ना भएको उनीहरुको भनाइ छ ।

राउल शाहा र उनका साथीहरु जस्तै यती बेला ४ लाख ८५ हजार परीक्षार्थी फुर्सदिला बनेका छन् । उनीहरु धेरैका लागि ब्रिजकोर्स समय सदुपयोग गर्ने उपयुक्त विकल्प बनेको छ । इन्टिच्युटहरुले विद्यार्थि तान्नका लागि धमाधम ब्रिज कोर्सका लागि कक्षा खुला गरेका छन् ।

पुतलिसडकमा रहेको क्यामरिज इन्स्टिच्युटका सञ्चालक श्री बास्तव ब्रिजकोर्सले कक्षा १० र ११ लाई जोड्ने पुलको रुपमा काम गर्ने बताउछन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “पाठ्यक्रमको हिसाबले कक्षा १० सम्म र प्लस टुको पाठ्यक्रम फरक छ, त्यसमाथि ए लेभलका साथै सीटीईभीटीका विभिन्न प्राविधिक कोर्स पनि छन् । यस्तोमा ब्रिजकोर्स विद्यार्थीका लागि सहयोगी बनेको छ ।”

ब्रिजकोर्सको कक्षाकोठामा पाठ्यक्रमका साथै व्यक्तित्व विकासका कक्षाहरु साथै अतिरिक्त क्रियापकलाका कक्षा समेत सञ्चालन गरिने बास्तवले जानकारी दिए । दैनिक ३ घण्टाको कक्षामा आधा घण्टा ब्रेक दिइने गरेको छ । प्रत्येक साता जाँच पनि लिइने गरेको उनले सुनाए ।

इन्टिच्युटहरुले १० हप्ताका लागि ७ देखि ८ हजार शुल्क लिने गरेका छन् । यसमा आवश्यक पुस्तक पनि सोही शुल्कमा उपलब्ध गराउँदै आएको सञ्चालकहरुले बताएका छन् । इन्स्टिच्युटले विद्यार्थीको सेन्ड अप परीक्षाको नतिजाका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ ।

राजधानी काठमाडौंमा मात्रै होइन, देशका सबै जसो ठाउँमा ब्रिजकोर्स अध्यापन गराउने इन्स्टिच्युटहरु खुलेका छन् । जहाँ कक्षा १० पछि विज्ञान, व्यवस्थापन, ए लेभल तथा प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्रि–क्लास उपलब्ध गराइन्छ ।

देशभरी नै पछिल्लो समयमा ब्रिजकोर्सको माग बढेको पाइन्छ । एसईईपछिको खाली समयमा घुमघाम गर्नेमात्र नभई कम्प्युटर सिकेर वा सीपमूलक तालिम लिएर आफ्नो क्षमता बृद्धि गर्नुको साथै आत्माविश्वास पनि बढाउन सकिने भएकाले अहिले धेरैका लागि पहिलो विकल्प ब्रिजकोर्स नै बनेको छ ।

ब्रीज कोर्स किन ?

ब्रिजकोर्स विद्यार्थीहरुका लागि एउटा राम्रो मौका पनि हो । एसईईपछिको खाली समयलाई विद्यार्थीहरुले घुमेर र खेलेर कटाइरहेका हुन्छन् । त्यही समयलाई विद्यार्थीहरुले सदुपयोग गर्न सके उनीहरुको भविष्यमा धेरै ठूलो परिवर्तन आउन सक्छ । ब्रिजकोर्सले विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराउँछ ।

विद्यार्थीहरुलाई हुने फाइदा

विद्यार्थीहरुले पछि पढ्ने विषयको सामान्य ज्ञान ब्रिजकोर्स पढ्दा पाइन्छ । उनीहरुले उच्च शिक्षा हासिल गर्ने क्रममा कक्षामा पढ्ने विभिन्न विषयका बारेमा पहिले नै जानकारी दिइने हुनाले उनीहरुका लागि सजिलो हुन्छ ।

त्यस्तै, ब्रिजकोर्स अध्ययन गर्ने धेरैको उद्देश्य प्रवेश परीक्षाको तयारी नै हो । राम्रा कलेजमा भर्ना पाउनका लागि वा छात्रवृत्ति पाउनका लागि प्रवेश परीक्षामा ल्याउने अंक महत्वपूर्ण हुन्छ ।

बाग बजारमा रहेको ड्रिम हाई एजुकेशन एकेडेमीका संचालक महेन्द्र मिजारका अनुसार एसईई परीक्षापछि विद्यार्थीहरु पूर्णरुपमा तनाव मुक्त हुन्छन् । केही दिनपछि विद्यार्थीहरु आफै ब्रिज कोर्सका लागि कन्सलटेन्सीसम्म आउने गर्छन । विषेशगरी गणित, विज्ञान, व्यवस्थापन र नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको लागि ब्रिजकोर्स निकै सहयोग गरेको मिजारको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.