५ बैंक तथा वित्तीय संस्थाको १ करोड ६० लाख कित्ता नेप्सेमा सुचिकृत, हेर्नुस कसको कति ?

  २०७४ चैत २० गते ११:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ५ बैंक तथा वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि सुचिकृत भएको छ ।

नेप्सेमा मंगलबार १ करोड ५९ लाख ७९ हजार ३२४ कित्ता सेयर सुचिकृत भएको हो । जसअनुसार नेपाल बंगलादेश बैंकको ८ लाख ७० हजार ६१, ज्योति विकास बैंकको २३ लाख २ हजार ८७२ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

यस्तै स्वावलम्ब लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ लाख ४१ हजार ४७७, सिटिजन्स बैंकको १ करोड ११ लाख १५ हजार ४६७ र सहयोगी विकास बैंकको ८ लाख ४९ हजार ४४७ कित्ता सुचिकृत भएको हो ।

५ वटै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले बोनस सेयर वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.