रहेनन् उद्योगी रमेश गुप्ता

  २०७४ चैत १९ गते १७:४६     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायी रमेश गुप्ताको अल्पायुमै निधन भएकाे छ। टाउकोको समस्या झेलिरहेकाे उनकाे भारतको दिल्लीमा उपचारको क्रममा सोमबार दिउसो देहवसान भएको नेपाल परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।

उनी परिसंघका राष्ट्रिय परिषद सदस्य थिए । लक्की ग्रुपका उपाध्यक्ष रहेका उनको शिवम् सिमेन्ट, होङ्सी सिमेन्ट, लुम्बीनी विद्युत, विभिन्न बैंक तथा विमा कम्पनीहरुमा लगानी रहेको जनाइएको छ ।

व्यापार व्यवसायबाट आफ्नो क्यारियर शुरु गरेको युवा उद्यमी गुप्ताको निधनले परिसंघ स्तब्ध भएको अध्यक्ष शर्माले बताए । ‘मुलुकले उद्योग क्षेत्रमा राम्रो सम्भावना बोकेको युवा उद्यमीलाई गुमाएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.