नेपालमै सस्तोमा बिजुली उत्पादन गरेर पेट्रोलियम आयात घटाउन सकिन्छ:

  २०७४ चैत १७ गते ९:२८     भीम उपाध्याय

काठमाडौं । बिजुली विदेशमा बेचेर हैन स्वदेशमा खपत बढाउने उद्योग व्यवसाय र खोल्न आवश्यक भएको छ ।

स्वदेशमै सस्तोमा बिजुली उत्पादन गरेर अरू देशको भन्दा सस्तोमा बनाउदै हाल भइरहेको पेट्रोलियम आयात घटाउन सकिन्छ । बिजुलीको योजना बनाउदा ठुलो संख्यामा रोजगारी श्रमिक र विज्ञ सबैलाई सिर्जना गरेर धनी भईन्छ ।
विश्वका भारतसहित विकसित मुलुकहरू अब चाडै पेट्रोलियम ईन्धनबाट चल्ने गाडी बन्द गर्ने अभियानमा छन् ।

अब पनि नेपाल चुप बस्दै रहदा यहाँका गाडी चल्ने ईन्धन पनि बजारमा किन्न नपाईने भएपनि महंगो मोल तिर्नुपर्ने र पेट्रोल ईन्धनले बनेका सामान कसैले नकिन्ने वा नस्वीकार्ने अवस्थामा पुग्न सक्छ ।

बंगलादेश पनि आणविक उर्जा उत्पादन गर्नमा लागिसकेको छ । चीन त झन् आक्रम ढंगले आणविक उर्जातर्फ मग्न छ ।
भारत अमेरिकासंग कोईलालाई अझै उपयोग गर्ने प्रविधि हस्तान्तरण सम्झौता हेरेर फस्न लागेको देखिदै छ ।

ग्लोबल वार्मिंग गर्ने ईन्धनबाट उत्पादित वस्तु अब कि अबैध कि नबिक्ने हुने दिन टाढा देखिन्न ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.