जिओे अटोमोवाइल्सले ल्यायो नयाँ फोर्ड मस्ताङ्ग गाडी, यस्ता छन् विशेषता (फोटोफिचर सहित)

  २०७४ चैत १६ गते १८:३९     विकासन्युज

काठमाडौं । नेपालका लागि फोर्ड गाडीका आधिकारीक विक्रेता जि.ओ अटोमोवाइल्सले शुक्रबार(आज) एक समारोहबीच नयाँ ‘फोर्ड मस्ताङ्ग’को अनावरण गरेको छ । गत वर्ष नाडा अटो शोमा फोर्ड मस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार यस फोर्ड मस्ताङ्ग ५.० लिटर, भी८ ईन्जिन जडान गरिएको छ जसले ४५० पीएस पावरको शक्ति प्रदान गर्दछ । ६ स्पिड म्यानुल ट्रान्समिसनयुक्त फोर्ड मस्ताङ्ग हेर्दैमा अति आकर्षक र शक्तिको अनुभुति प्रदान गर्ने खालको डिजाइन छ । फोर्डका उत्कृष्ट प्रविधिबाट सु–सजित यस फोर्ड मस्ताङ्गमा भ्वाइस कमान्ड/स्टाइलिस एलईडी लाइट रहेको छ ।

बजारमा आएको नयाँ मस्ताङ्गले अझै राम्रो प्याकेज ल्याएका छन् । एप्पल कारप्ले र एण्ड्रोइड अटोसँग कम्पाइटिवल हुने सिस्टम राखेको नयाँ फोर्ड मस्ताङ्गमा फोर्ड एसवाईएनसी थ्री कम्युनिकेशन मार्फत भ्वाइस कमान्डद्धारा विभिन्न कन्ट्रोलहरु चलाउन सकिन्छ ।

विश्वमा नै आफ्नो स्टाइल, कार्यकौशलता, शक्तिशाली ईन्जिनको लागि प्रख्यात रहेको यस गाडीको मूल्य भने तोकिएको छैन । यो मोडललाई अमेरिकन आईकनको रुपमा लिइन्छ । जेम्स वण्डको फिल्म देखि धेरै हलिउड फिल्महरुमा यो मोडलको व्यापक प्रयोग गरेको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.