बेपत्ता पारिएका र सत्य निरुपणसम्बन्धी अध्यादेश स्वीकृत

  २०७४ चैत १६ गते १५:३२     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४” लाई स्वीकृत गरेको छ । संसद्को शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेका उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यस्तै बैठकमा शुक्रबारै गृहमन्त्री रामबहादुर थापाले बैठकमा “राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४” प्रस्तुत गर्नुभयो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” प्रस्तुत गरेका छन् ।

उक्त अध्यादेशहरु यसअघि व्यवस्थापिका–संसद् नभएको अवस्थामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको थियो ।

संसद्को अर्को बैठक चैत १९ गते दिउँसो १ बजे बस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.