डा. उपेन्द्र देवकोटाकाे उपचार कसैले गर्न नसके म सक्छु –सुवास सुब्बा

  २०७४ चैत १६ गते १०:०४     विकासन्युज

सुवास सुब्बा लिम्बु, कार्यकारी निर्देशक, ग्रीन वेल्थ इन्डस्ट्रिज

ग्रीन वेल्थ इन्डस्ट्रिजले अन्तिम विकल्पको नरासहित आयुर्वेदिक उपचारलाई अघि बढाएको छ । कुनै पनि ठाँउमा, कसैबाट पनि उपचार गर्न नसकिने रोगको लागि अन्तिम विकल्पको रुपमा उक्त इन्डस्ट्रिलाई आयुर्वेदिक विधिबाट उपचार गर्दै आएको छ । प्रस्तुत छ दैनिक ५० जनासम्म उपचार भइरहेको उक्त इन्डस्ट्रिका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुसँग विकासन्युजका पृथराज थेगिमले गरेको कुराकानी ।

अन्तिम विकल्पको नारासहित आयुर्वेदिक उपचार गर्दै आउनु भएको छ । त्यसलाई कसरी बुझ्ने ?

अन्तिम विकल्प भन्नाले कहीँ कतै उपचार हुन नसक्ने रोगको उपचार मेरो इन्डस्ट्रिबाट हुन्छ भन्न खोजेको हो । प्राकृतिक हर्बल विधिबाट उपचार गर्दै आएको छु । काँही पनि कसैले पनि जाति गर्र्न नसक्ने रोगको उपचार म गर्छु । यहाँ विभिन्न स्वदेशी विदेशी अस्पतालले गर्न नसकेको भनिएका रोगहरुको उपचार हुन्छ । विभिन्न किसिमको क्यान्सर, किड्नी फेल, प्यारालाइसिस्, हड्डी खिइने, थाइराइड, एड्स लगायत रोगको उपचार गर्छु ।

अहिलेसम्म तपाई उपचार केन्द्रमा आएर कतिले उपचार पाए ?

करिब ३ सय जनालाई जटिल रोगको उपचार गरेको छु । साधारण नसा च्यापेको, पायल्स लगायत रोगको गन्ती छैन, धेरैको उपचार गरेको छु । सबै उपचारहरु सफल भएका छन् । कसैले निको भएन भनेर गुनासा गरेका छैनन् । सामान्यतया हेरेर अथवा जाँचेर नै रोग पत्ता लगाउछु ।

उपचार गर्ने क्रममा बजेट भएकाहरुले खर्च गर्न हिच्किचाउन नहुने मेरो प्रष्ट मान्यता छ । उपचार गर्न नसक्नेहरुलाई भने निःशुल्क पनि उपचार गरिदिने गरेको छु ।

पछिल्लो समय वरिष्ठ डाक्टर उपेन्द्र देवकोटालाई दुर्लभ क्यान्सर रोग लागेको छ । उहाँले मुलुकबाहिर उपचार गराउँदै हुनुहुन्छ । केही हप्ताअघि मात्र उहाँको अस्पतालबाट उच्च अधिकारी मलाई भेट्न आएका थिए । मैले भने उपेन्द्र देवकोटालाई कुनै देशमा पनि उपचार हुन नसके मेरोमा ल्याउनु । उनको उपचार म गरिदिन्छु ।

किनभने त्यस्ता डाक्टरलाई हामीले जोगाइ राख्नु पर्छ । म उनलाई आयुर्वेदिक विधिबाट उपचार गर्छु । मैले दिएको औषधि खाइदिनु पर्छ । उपचार अवश्य हुन्छ ।

कतिपय अवस्थामा बिरामीहरुको उपचार गर्छु । उनीहरु जाती हुन्छन् तर मुख बार्दैनन् । मुख नबार्दा जाती भएको बिरामी पनि पछि फेरी बितेका पनि छन् ।

स्वदेशमै उत्पादन भएको कच्चा पदार्थ उपचारको लागि प्रयोगमा ल्याउने गरेकोछु । त्यो बाहेक उपचारको लागि आवश्यक विभिन्न इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भने खरिद गर्ने गरेको छु ।

उपचार शुल्क कतिसम्म लिने गर्नु भएको छ ?

जटिल उपचार गर्न फुल डोजको लागि ४५ हजार रुपैयाँ शुल्क लाग्छ । त्यसको लागि एक महिनाभन्दा बढी औषधी खानु पर्छ ।
पहिला पहिला कोही कोहीलाई निःशुल्क पनि उपचार गरिदिएको छु । अहिले पनि ४/५ को निःशुल्क उपचार गरिरहेको छु । ती बिरामीहरुलाई अपाङ्गता, क्यान्सर, प्यारालाइसिस लगायतको समस्या छ । उनीहरुलाई आफैसंग राखेर उपचार गरिहेको छु । गएको २ वर्षदेखि त्यसरी बिरामी राख्न थालेको हुँ ।

निःशुल्क उपचार गर्दा खर्च होला, स्रोत कहाँबाट जुटाउँदै हुनुहुन्छ ?

स्रोत म आफैँ जुटाइरहेको छु । सहयोग मागे दिन्छन् होला । तर म माग्ने पक्षमा छैन । बेलायत लगायत युरोपका देशहरु त्यतिकै धनि भएका होइनन् उनीहरुले गरिब देशलाई सहयोग गर्ने गरेका छन् । पुण्य गरेको कारणले आशिर्बाद मिलेको हो । त्यसैले मैले पनि धर्म र आशिर्बादको लागि सहयोग गरेको हुँ ।

वृद्धाश्रम खोल्ने मेरो सोच छ । अहिले मसँग ८/१० जना असहाय बालबालिका छन् । दुई वर्षअघिदेखि राख्न शुरु गरेको हुँ । शुरुवातमा ३÷४ जना थिए । वैशाखदेखि केही बालबालिका थपिँदैछन् । अब ८/१० जना थप्ने सोचमा छु ।

कहीँ कतै उपचार नहुने रोग निको पार्छु भन्नुभएको छ । बिरामीले कसरी विश्वास गर्ने ?

अस्पतालमा जाँदा पहिले नै रकम जम्मा पार्न लगाउछन् । यहाँ त्यस्तो छैन । एक महिनाको लागि औषधी खानु पर्यो भने औषधी खाएको केही दिनमै औषधीले असर देखाउँछ । त्यसपछि बिरामीे आफैले निको भएको महशुस गर्दै पैसा बुझाउने हो । बिरामीले एकै पटक ठूलो रकम बुझाउनु पर्दैन ।

बिरामीले विश्वास गर्ने सम्पूर्ण वातावरण छ । र, बिरामीहरुले विश्वास गरेका छन् । यही निको भएकाहरुले अरु बिरामीहरुलाई भनेको भरमा मेरोमा उपचारको लागि टाढा टाढाबाट बिरामीहरु आउने गरेका हुन् ।

उपचारको लागि कहाँ–कहाँबाट आउछन् ?

अहिले मात्रै डिल्ली, जापान, यूकेबाट आएका छन् । एउटा प्यारालाइसीस्, अर्को रोगै पक्ता नभएका बिरामी आएका छन् । उपचार हुँदैछ । विभिन्न ठाँउमा उपचार गरेर निको नभएपछि यहाँ आएका हुन् । त्यसरी नै विभिन्न मुलुकहरुबाट बिरामी उपचारको लागि आउने गरेका छन् ।
आन्तरिक रुपमा भने नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका बिरामीहरु आउँछन् । दैनिक २० देखि ५० जनासम्म रोगीहरु आउने गरेका छन् ।

तपाईले आयुर्वेदिक विज्ञान सम्बन्धी अध्ययन गर्नु भएको हो ?

हैन । मैले भारतको कालेम्पुङबाट एग्रिकल्चरमा ग्रयाजुएट गरेको हुँ । त्यसताका बोटनी पनि अध्ययन गरे । बाँकी मेरो गडगिफ्टेड उपचार बिधि हो ।  १९९४ बर रुख भाले होइन पोथि हो भनेर मैले नै प्रमाणित गरेको थिए । त्यसबेला मैले रानी ऐश्वर्यको हातबाट तक्मा पनि पाए ।
पछिल्लो भारतीय नाकाबन्दीको बेलामा मैले सय लिटर पेट्रोल तथा केही ग्याँस बनाएको थिए । त्यो पनि मेरो गडगिफ्टेड क्षमता हो । विभिन्न जडिबुटी प्रशोधन गरेर बनाएको पेट्रोल बिक्री गरेको थिए ।

त्यस्तै फोहोर पदार्थहरुबाट ग्याँस निकालेको थिएँ ।  मान्छेहरुले नपत्याउला ? अर्को म यार्सागुम्बालाई जति वर्ष पनि सञ्चय गरेर राख्न सक्छु । मसँग त्यो विधि छ । मैले ठूला–ठूला यार्सागुम्बा व्यवसायीहरुलाई यार्सागुम्बाको बैंक खोल्ने समेत प्रस्ताव गरेको थिएँ । म बिग्रेको यार्सागुम्बालाई पनि जस्ताको त्यस्तै बनाउँदै यार्सागुम्बा व्यवसायीहरुलाई धेरै सहयोग गरेको छु । बिग्रेको यार्सागुम्बालाई राम्रो बनाउँदै लगेका छन् । चित्तबुझेन भने ल्याबमा परिक्षण गर्न सक्नछन् । गुणस्तरमा कुनै सम्झौता हुँदैन ।

अध्ययन एग्रिकल्चर, बोटनीको गर्नुभएको भन्नुहुन्छ । तपाईलाई आयुर्वेदिक उपचारतर्फ आउने प्रेरणा कहाँबाट मिल्यो ?

हो, मैले विगतमा फ्लोरिकल्चर सम्बन्धि काम गरें । बोटनी सम्बन्धि पनि काम गरेँ । त्यसपछि अहिले जडिबुटी क्षेत्रमा आएको हुँ । यस क्षेत्रमा लागेको १७/१८ वर्ष भयो । अहिले म उमेर ४७/४८ वर्षको भइसकेँ ।

सुरुमा मलाई मान्छेलाई लाग्ने रोगको किन औषधि पाइँदै भन्ने चासो बढ्यो । म त्यसको अध्ययनमा लागे पछि थाहा भयो आयुवेर्दिक उपचारबाट जस्तो रोग पनि निको पार्न सकिने उपाय ।

त्यसपछि पहिला एचआईभी एड्सको उपचारदेखि मैले मेरो आयुर्वेदिक उपचारको शुरुवात गरेको हुँ । सन् २००४/०५ सालको कुरा हो । एक जना ३० वर्ष उमेर पुगेको महिलालाई एचआईभी एड्स लागेको थियो । उनलाई उनको श्रीमान्ले सारेको थियो । उनको श्रीमान्को देहवसान भइसकेको छ । आमालाई लागेपछि छोरालाई पनि सरको थियो । ती दुवैलाई मैले उपचार गरेको हुँ । अहिले दुवै छन् ।

तपाईको भावी योजना के छ ?

ललितपुर जिल्लामै आयुर्वेदिक अस्पताल खोल्ने योजना छ । बजेट जुटे १०/२० करोडको राम्रै अस्पताल बनाउने सोच छ ।
अहिले मसँग एम्बुलेन्स छ । अर्को सववहान गाडी किन्ने इच्छा छ । मैले भुकम्पको बेला डेडबडीहरु प्रीजभ गर्न सुरक्षाकर्मीहरुलाई सहयोग गरेको थिए । म कफीन बक्स पनि बनाउँछु । उक्त बक्सभित्र सव लगाएपछि १५/२० दिन केही हुँदैन ।

त्यस्तै एउटा स्कुल खोल्ने योजना छ । मैले जानेको कुराहरु विद्यार्थीहरुलाई सिकाउन सकौं । मेरो आफ्नै नारा छ, डलर आफ्नै देशमा कमाउन सकिन्छ । मैले अनुसन्धान गरिसकेको छु । नेपाल असाध्यैै धनी देश हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.