प्राइम लाइफ इन्स्योरेन्सले साढे १२ प्रतिशत बोनश शेयर बाड‍्ने

  २०७४ चैत १४ गते १९:३४     विकासन्युज

काठमडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरणहरु पारित गरिएको छ । जसमा आर्थिक वर्षहरुको मुनाफाबाट हकप्रद शेयर निष्काशन पश्चात हुने चुक्ता पूँजी रू १ अर्ब ५८ करोड ६५ लाख २० हजारको १२ दशमलब ५ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनश शेयर बितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ हुने बताइएको छ ।

साधारण सभाबाट संस्थापक शेयरधनीकोतर्फबाट एकजना महिला सञ्चालकको नियूक्ती भएको छ । उक्त इन्स्योरेन्स कम्पनीले देशभरका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराई रहेको जनाएको छ । आगामी बर्ष त्यसलाई बढाएर कम्तिमा पनि १३५ स्थानबाट सेवा प्रवाह गर्ने कम्पनीको भनाइ छ ।

साधारणसभामा कम्पनीको हालसम्मको वित्तीय अवस्था, जीवनवीमा क्षेत्रमा गरेको उपलब्धी लागयतको लसम्बन्धमा जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.