असार भित्र वाणिज्य बैंकका ३५९ वटा शाखा थपिँदै, ३ हजारलाई रोजगारी

  २०७४ चैत १४ गते १६:२९     विकासन्युज

काठमाडौं । असार मसान्तभित्र ३५९ वटै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा स्थापना हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैशाख भित्र २४३ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । कुन बैंकले कहाँ शाखा खोल्दैछन् हेर्न यहाँ क्लिक गर्नुहोस 

त्यस्तै असार भित्र थप ११६ वटा स्थानीय तहमा शाखा विस्तार गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । यसरी आगामी असार मसान्तभित्रमा ३५९ वटा स्थानीय तहमा बाणिज्य बैंकका शाखा स्थापना भैसक्नेछन् । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तह नै तोकेर बैशाख र असार भित्र शाखा विस्तार नगरे कारवाही गर्ने पत्र समेत लेखेको हो ।

स्थानीय तहहरुले आफ्नो सञ्जित खाता वाणिज्य बैंकहरुमा मात्रै खोल्न पाउने व्यवस्था रहेको छ । ३५९ वटा स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा नखुलेपछि स्थानीय तहरुले आफ्नो सञ्चित खाता खोल्न नै अन्यत्र जानुपर्ने बाध्यता थियो ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले केन्द्रिय बैंकको निर्देशन मान्न बैंकहरु तयार रहेको बताए । तर पुर्वाधार, सुरक्षा, जनशक्ति र बजारका कारण तोकिएकै समयमा भने सबै स्थानीय तहमा पुग्न कठिन हुने उनले बताए ।

‘एउटा शाखा सञ्चालनका लागि न्युनतम पनि ६ जना कर्मचारी आवश्यक पर्छन्, पुर्वाधार र सुरक्षा पनि चाहिन्छ, हामी केन्द्रिय बैंकले भने अनुसार नै गर्ने प्रयास गर्छाै तर तोकिएको समयमा सबै तहमा पुग्न भने कठिन हुने देखिन्छ’, दाहालले भने ।

३५९ वटा स्थानीय तहमा स्थापना हुने बाणिज्य बैंकका शाखाहरुमा करिब २६५ सय ३ हजारसम्म कर्मचारी आवश्यक पर्ने देखिन्छ । बाणिज्य बैंकहरुको एउटा शाखाका लागि न्युनतम ४ जना बैंकिङ स्टाफ, २ जना सुरक्षा गार्ड र २ जना कार्यालय सहयोग आवश्यक पर्ने सानिमाका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.