अर्थशास्त्रीज्यूहरु कुरो के हो ?

  २०७४ चैत १३ गते १७:०४     अम्बिका प्रसाद पौडेल

अम्बिका प्रसाद पौडेल-अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११३ ले भन्छः पूँजीबजारको बिकास र लगानीकर्ताहरुको हितलाई संरक्षण गर्ने जस्ता नीतिगत बिषयमा नेपाल सरकारले समय समयमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।”

१) नेप्से इन्डेक्स १८८१ बाट निरन्तर घटेर ११३५ अंक सम्म आउदा ७४६ अंकको ३९.६९ प्रतिशत गिरावट भई लगानीकर्ताको करिब आठ खर्ब ६० अर्ब रकम गुमेको अवस्थामा लगानीकर्ताको मात्र दोष होला की सूचिकृत कम्पनीको, बजार संचालकको , नियमकको वा सरकारको कमि कमजोरीकै कारण यस्तो भएको होला सवैले म।म गरौँ ।

२) लगानीकर्तालाई कहि कतै दोष दिन मिल्दैन । लगानी गरेर प्रतिफलको आस गर्नु लगानीकर्ताको धर्म हो । लगानीकर्ताहरुको हितलाई संरक्षण गर्नु नियामकको कर्म हो । बजारलाई नियन्त्रण गर्न हुदैन तर अपरिपक्प बजारलाई टुलुटुलु हेरी रहन पनि मिल्दैन होला । नीतिगत सम्बोधन जरुरी छ बिलम्व नगर सरकार ।

३) सेयर बजार सूचनामा आधारित संम्वेदनशिल बजार हो । नयाँ सरकार गठन भए संगै निरन्तर घटिरहेको बजारलाई सरकारले वेवास्ता गरेको कारण आम लगानीकर्ताहरुको भावनामा चोट पुगेको छ । सम्पत्तिमा लागेको चोट भन्दा भावनामा लागेको चोट कैयौं गुना महंगो हुन्छ । सरकार, लगानीकर्ताको भावनामा चोट पुराएर आर्थिक समृद्धि कसरी हासिल होला खै ।

४) सिमित क्षेत्रका कम्पनीहरुको मात्रै कारोबार हुने त्यसमा पनि ती क्षेत्रका नियमकले पूजी बढाउन दिएको निर्देशनको प्रभाव सोझै शेयर बजारमा पर्ने हुदा मूल्यमा व्यापक उतार चढाब हुन्छ भन्ने सबैलाई ज्ञान थियो होला तर बजार स्थायित्व गर्नको लागि आवश्यक कदम चालेको खै त ।

५) शेयर सम्पत्ति हो । बजारले त्यसको मुल्याङकन गर्छ । शेयर बजारको निरन्तर गिरावटले लगानीकर्ताको मात्र नभई शेयरधनी, कम्पनी प्रवद्र्धकहरुको सम्पत्तिमा पनि गिरावट आउँछ । सम्पत्तिमा क्षति भए कर्जा लिने क्षमतामा कमि आउछ । फलस्वरुप व्यापार उद्योग धन्दा, आर्थिक गतिविधिको बिकास र बिस्तारमा कमि आउछ अनी देश कता तर्फ जान्छ अर्थशास्त्रिज्यूहरु कुरो के हो बोलिदिनु परो । अर्थमन्त्रीज्यू बिलम्ब नगरीकन शेयर बजार लाई सम्बोधन गरिदिनुस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.