रेनोको नयाँ बर्ष अफर, ५ वर्ष निशुल्क सर्भिसदेखि ५ लाखसम्म छुट

  २०७४ चैत १३ गते ७:५९     विकासन्युज

काठमाडौं । रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटोमोवाइल्स प्रालि (बिशाल ग्रुप अन्र्तगतको कम्पनी) ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । नयाँ बर्ष २०७५ लाई मध्येनजर गरेर अफर सार्वजनिक गरिएको हो । उक्त क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ जुराइएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यस योजनामा रेनोको कार खरिद गर्ने सोच बनाएर बस्नु भएको ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको हो । जहाँ  रेनोका कार खरिदकर्ताले प्रशस्त फाइदा लिन सक्ने छन् ।

कम्पनीले कारको खरिदमा लोड्जी मोडलमा ५ लाखसम्मको छुटको योजना ल्याएको हो । साथै, डस्टरको खरिदमा ३ लाख १० हजार, क्विडको खरिदमा १ लाख ८० हजारसम्म नगद छुट योजना राखेको छ

त्यस्तै अन्य योजनाहरुमा ५ बर्षसम्म निशुल्क सर्भिस सुविधा, ३ बर्षको निशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र आर्कषक मुल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.