स्याकार ट्रेडिङले ल्यायो होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक

  २०७४ चैत ७ गते २३:५८     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले होण्डा जेनुएन ईन्जिन आयलको नयाँ प्याक सार्वजनिक गरेको छ ।


पछिल्लो राइजिङ परिस्थितिलाई मध्ययनजर गर्दै उच्चतम ईन्जिन पर्फमेन्स प्रदान गर्ने उद्देश्यले राजधानीमा बुधबार एक समारोह गरी कम्पनीले उक्त जेनुएन ईन्जिन आयलको नयाँ प्याकहरु सार्वजनिक गरेकोे हो ।


कार्यक्रमको आवसरमा ज्योति समूहका निर्देशक सौरभ ज्योतिले सार्वजनिक गरिएका आयलहरु प्रदुषण कम गर्ने वातावरणमैत्री रहेको बताए । उनले उक्त आयलहरु नयाँ जेनेरेशनको आयल रहेको जानकारी गराए ।


कम्पनीले नवीनतम टेक्नोलोजीहरुको प्रयोग गरी उत्पादन गरिएको होण्डा ४–स्ट्रोक मोटरसाइकल ईन्जिन आयल एसएई १०डब्ल्यु–३० जेएएसओ एमए र ४–स्ट्रोक स्कुटर ईन्जिन आयल एसएई १०डब्ल्यु–३० जेएएसओ एमबी बजारमा ल्याएको हो ।


जापानिज कम्पनीद्वारा उत्पादित ती आयलहरु सार्वोत्कृष्ट क्वालिटीको रहेको कम्पनीको भनाइ छ । साथै उक्त आयलहरुले सवारी साधानको आयु तथा कार्यक्षमता बढाउने, वातावरणमैत्री लगायत लाभदायक गुण रहेको जनाएको छ ।


कम्पनीको अनुसार सार्वजनिक गरिएको स्कुटर ईन्जिन र मोटरसाइकल ईन्जिन आयल उत्कृष्ट लुब्रिसिटी, वेयर प्रोटेक्सन र ईन्जिन लाईफ जस्ता फाइदहरुका साथै उत्कृष्ट कल्चर पर्फमेन्स रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.