भारतलाई कृषिजन्य सामाग्रीको निर्यातमा सहज गर्न आपुर्तिमन्त्री यादवको आग्रह

  २०७४ चैत ६ गते १२:२२     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराजलाई नेपालबाट भारतमा निर्यात हुने वस्तुहरुमा सहजीकरण गर्न आग्रह गरेका छन् ।

विश्व व्यापार संगठनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको मन्त्रिस्तरीय बैठकमा भाग लिन पुगेका यादवले स्वराजसँगको भेटमा नेपालबाट निर्यात हुने कृषिजन्य सामाग्रीको निर्यातमा सहज बनाउन आग्रह गरेका हुन् ।

विशेषगरी नेपालबाट निर्यात हुने अदुवामा भारतीय पक्षबाट अवरोध आएपछि यादवले सो कुरा उठाएका हुन् । यादवले नेपाल भारत सीमाका मुख्य भंसार नाकाहरुमा क्वारान्टाइन लगायतका व्यापारजन्य पूर्वाधार निर्माण गर्ने, भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्ने लगायत विषयमा छलफल गरेका छन् ।

छलफलमा भारतीय मन्त्री सुरेस प्रभुले नेपाल-भारत बीचको व्यापार र पारवहनमा देखा परेका समस्याहरु बारेमा आफु जानकार रहेको र ती समस्याहरु समाधान गर्न, नेपालमा उत्पादनको उच्च संभावना भएका वस्तुहरुमा लगानी बृद्धि गर्न इच्छुक रहेको विचार व्यक्त गरे ।

त्यसैगरी, परराष्ट्रमन्त्री स्वराजले नेपाल भारत बीचको व्यापार तथा पारवहनका क्षेत्रमा भएका समस्यालाई नतिजामूलक किसिमले संवोधन गर्न आफ्नो तर्फबाट गृहकार्य भईरहेको र मूलरुपमा नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न भारत तयार रहेकाे बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.