नेपाल दाना उद्योग संघको अध्यक्षमा पुरी

  २०७४ चैत ५ गते १८:२४     विकासन्युज

काठमाडाैं । नेपाल दाना उद्योग संघको १७औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । केही दिनअघि राजधानीमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयन गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सभाले अध्यक्षमा रविन पुरीलाई निर्वाचित गरेको छ । प्रथम उपाध्यक्षमा शंकर प्रसाद कडेल, द्वितीय उपाध्यक्षमा प्रदिपकुमार रुङ्टा, तृतियउपाध्यक्षमा ज्ञानेन्द्र पराजुलि निर्विरोध निर्वाचित भएको बताइएको छ ।

त्यसैगरी महासचिवमा केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा र सचिवमा दुर्गाप्रसाद भण्डारी निर्वाचित भएका छन् । सदस्यहरुमा चन्दश्कान्त बराल, राजकुमार पराजुली, ज्ञानेन्द्रप्रसाद उप्रेती, डा. दिनेस गौतम, मदन केशी, गोपाल टण्डन, देवीप्रसाद गौतम, सुरेन्द्रराज प्रधान, विनोद पोखरेल र कविन्द्र प्रसाईं निर्वाचित भएका छन् ।

२०४७ सालमा स्थापना भएको नेपालदानाउद्योग संघ हाल देशभर पशुपंक्षीको दाना उत्पादन सम्बन्धि १०४ वटा कम्पनीहरु आवद् रहेका छन् । संघकाअनुसार विगत २७ वर्षदेखी पशुपंक्षिको दाना उत्पादनमा आत्मनिर्भरता कायम गर्दै आएको उक्त उद्योगले करिब २ लाख नागरीकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.