सूर्या लाइफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, पायो बोर्डको अनुमति

  २०७४ चैत ५ गते १६:३८     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पुँजीको १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले साविकका सेयरधनीलाई २८ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ ।

चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आउँदो असारसम्म कम्पनीलाई चुक्तापूँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन नियामक बीमा समितिले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.