अब संसारभर नेपाली चियाको एउटै ब्राण्डः नेपाल टी क्वालीटी फ्रम द हिमालयज

  २०७४ फागुन ३० गते १७:२३     विकासन्युज

काठमाडौं । नेपालमा उत्पादन हुने चियालाई ब्रान्डीङ गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको छुटै पहिचान छ । पछिल्लो समय माग समेत बढेको भन्दै सरकारले नेपाली चियालाई ब्रान्डीङ गर्न लागेको हो ।

चैत तेस्रो साता सञ्चानल हुने अन्तर्राष्ट्रिय चिया महोत्सव-२०१८ को जानकारी गराउन बुधबार राजधानीमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डको कार्यकारी निर्देशक शेषकान्त गौतमले तत्कालै नेपाली चियाको ब्राण्ड घोषणा गर्ने बताए । उनले चैत २३ गतेदेखि २५ गतेसम्म हुने महोत्सवमा ‘नेपाल टी क्वालीटी फ्रम द हिमालयज’को रुपमा नेपाली चिया बजारमा विधिवत रुपमा उद्घाटन गरिने जानकारी दिए ।

‘अहिलेमम्म अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको आफ्नै ब्राण्ड हुन नसक्दा बजार विस्तार गर्न गाह्रो थियो,’ उनले भने ‘त्यसैले नेपाली चियाको अन्तर्राष्ट्रिय बजार निर्यात गर्नको लागि सरकारले आफ्नै ब्राण्ड बनाउने भएको हो ।’ ब्राण्ड बनेसँगै चियाको बजार पनि बढ्ने उनको विश्वास छ ।
उनका अनुसार नेपाली चिया कोलकोत्ताको बजारमा दार्जिलिङको चियाको माध्यमबाट बिक्री भइरहेको छ । तेस्रो मुलुकमा समेत ब्यक्तीगत फर्मको नाममा नेपाली चियाको निर्यात हुदै आएको छ । अहिलेसम्म नेपाली चियाको छुट्टै लोगो बन्न सकेको छैन । अब आफ्नै लोगो भएपछि चिया निर्यात गर्न समेत गौरव हुने उनको बुझाइ छ । ‘उक्त ब्राण्डको नाममा देश विदेशमा नेपाली चिया बिक्री हुनेछ,’ उनले भने ‘त्यसका लागि कार्यविधि बनिसकेको छ ।’

महोत्सवका संयोजक उदय चापागाईले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा विशेष महत्व राखेको बताए । त्यस्तै उनले नेपाली चियाको युरोपियन देशहरुले अत्यधिक मनपराएको जानकारी दिए ।

पूर्व राज्यमन्त्री तथा कञ्चनजंगा टी स्टेटका सञ्चालक दिपक बास्कोटाले नेपालको आफ्नै चियाको ब्राण्ड हुनु नेपालको लागि खुसीको कुरा भएको बताए । उक्त चिया राष्ट्र अन्तर्राष्ट्रिय बजारमा पुग्ने उनको विश्वास छ । यद्यपि नेपालमा चियाको अझै पनि समवद्र्धन तथा प्रवद्र्धन तथा बजारीकरण हुन नसकेको उनको गुनासो छ ।

बोर्डको अनुसार देशभर २८ हेक्टर जमिनमा चिया खेती गरिन्दै आएको छ । सबैभन्दा बढी नेपालको पूर्वी भागमा चियाको खेति गरिन्छ । वार्षिक २ करोड ४० लाख किलो चिया उत्पादन हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.