चैत दोस्रो साता अन्तर्राष्ट्रिय महिला उद्यमी मेला

  २०७४ फागुन २९ गते १८:२४     विकासन्युज

काठमाडौं । ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा चैत ८ देखि १२ गतेसम्म तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०१८ हुने भएको छ । स्वदेशमा उत्पादन भएका वस्तु एंव हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रबद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपालले उक्त मेला आयोजना गर्न लागेको हो ।


आयोजकका अनुसार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी, महिला निर्यातकर्ता साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ ।

मेलामा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घर बुन्नका लागि प्रयोग हुने सामाग्री, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, गरगहना लगायतका सामाग्रीहरु राखिने छन् ।

मेलामा स्वदेशका महिला उद्यामी लगायत बंगलादेश, भारत, थाइल्याण्ड, पाकिस्तान लगयातका महिला उद्यमीहरुको उत्कृष्ट उत्पादनहरुको सय स्टल राखिने अयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.