उद्योगमन्त्रीले भने– देश बनाउन अब सबै बौहुलाउनु पर्छ

  २०७४ फागुन २८ गते १३:०२     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले देशमा जिम्मेवारी लिएकाहरु एकपटक बौहुलाउन पर्ने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले २४ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक समृद्धिको खातिर बौहुलाउन पर्ने बेला आएको जिकिर गरे ।

“समाजमा राम्रो काम गर्ने मान्छे बौलाहा नै हुन्छ” उनले भने । यादवकाअनुसार समाजमा मान्छे दुई कारणले बौहुलाउछ । एक उसको दिमागनै बिग्रेको हुन्छ भने अर्को जसले नयाँ काम गर्न खोज्छ उसलाई समाजले पचाउदैन र बौलाहा भन्छन् । सहि अर्थमा काम गनैलाई त्यस्तै उपाधि मिल्ने उनको बुझाइ छ । पुरानो गलत चिजलाई भत्काउन बौलाउन पर्ने बेला भएको उनको तर्क छ ।

मन्त्रीहरुमाथि नै ब्यग्य गर्दै मन्त्री यादवले भने,‘हामीलाई मन्त्री नहुृदा त्यसै हिड्दा डुल्दा पनि भएको थियो, अब मन्त्री भइसकेपछि भने नयाँ र महंगा गाडी चाहिने ?’ हामीले हाम्रो हिडाई बसाई लगायतमा पनि परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । देशको अवस्था र धरातल अनुुसार खाने, लाउने तथा वस्ने गर्नुपर्छ ।

उनले आफ्नो पार्टीको अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा भ्रष्टचार गर्न नदिने भनेको भन्दै आफु त्यो कुरामा प्रतिबद्ध रही उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रलयमा भ्रष्टचार हुन नदिने प्रतिबद्धता गरे ।

‘यदि हाम्रो मन्त्रालयदेखि कुुनै किसिमको बाधा अड्कौ आउछ । कसैले पैसा माग्छ भने सिधै म कहाँ आउनुहोस्,’ उनले भने । उनले जसरी सरकारले उद्योगी व्यवसायी लगायत जनतालाई सहयोग गर्छ त्यसरी नै सरकारलाई भोग्न परेको सहि समस्या राखेर सहयोग गर्न पर्ने आग्रह छ । उनले आफ्नो मन्त्रालयमा कर्मचरीहरुलाई पुरानो दिन गए अब, नयाँ ढंगले चल्नका लागि निर्देशक दिइसकेको जानकारी गराए ।
त्यस्तै कार्यक्रममा अर्र्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धिको लागि उद्योग र उत्पादनहरु बढाउन पर्ने बताए । सरकारको मात्रै प्रयासले नहुने भन्दै उद्योगि व्यवसायीहरु अघि बढ्न पर्ने उनको भनाइछ । ‘हामीले विगतदेखि नै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउदै आएका छौं,’ उनले भने ‘तर त्यो व्यवस्था अलि प्रभावकारी हुन सकेन ।’

उत्पादननै नभएको वस्तुहरु निर्या हुने अवस्था सृजना भए । ‘अब नेपालमै उत्पादन भएको प्रमाणपत्रको आधारमा मात्रै सहयोग गर्ने छौं ।’ मुलुकमा धेरै ठूलो रोजगारी आवश्यक रहेको भन्दै उनले उक्त रोजगार विभिन्न उद्योगहरुको माध्यमबाट मात्र सृजना हुने बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान दुवैको धारणा राजनैतिक दलहरुले प्रतिबद्धता गरे अनुसार मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्ने रहेको थियो । उनीहरुले सरकारले भनेजस्तै अबको १० वर्षमा माग्ने मुलुकबाट दिने मुलुकको रुपमा स्थरोन्नति गर्नु पर्ने अडान राखे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभरी छरिएर रहेका घरेलु तथा साना उद्योगको माध्यमबाट मात्रै देशको उन्नति हुने बताए । सरकारले त्यस्ता उद्योगहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.