भारतको ट्रक बंगलादेश जान पाउछ भने नेपालको किन पाउदैन ?

  २०७४ फागुन २७ गते १८:३१     सुरज वैद्य

अध्यक्ष, सार्क चेम्बर अफ कमर्श एन्ड इण्डस्ट्रिज

मैले सुनेको छु ‘सार्क इज डेड’ । तर म त्यो विचारसंग सहमत छैन । किनभने मैले सार्कलाई धेरै नजिकबाट हेरेको छु । जब भारत र पाकिस्तानबीच तनाव बढ्यो र युद्ध हुने अवस्था पुगेको थियो, त्यसबेला हाम्रो महत्वपूर्ण वैठक भारतको अमृतसरमा गरेका थियौं । त्यहाँबाट सम्पूर्ण टिमलाई मैले हिडाएर पाकिस्तानको लाहोरसम्म पुर्याएको थिए ।

जब दुई मुलुकबीच युद्ध हुने अवस्थामा पुगेको थियो, त्यसबेला भारतबाट पाकिस्तानमा तरकारी फलफुल निर्धक्कसाथ आयात निर्यात भइरहेको थियो र पाकिस्तानबाट क्लिङकर बोकेका ट्रकहरु लोड भएर भारततिर आएको देखिन्थे । यसले के देखायो भने राजनीतिमा जे रोक लागेता पनि नाकामा आयात/निर्यात व्यापार भने भइरहेको थियो ।

हामीले सकरात्मक सोच्नु पर्छ भन्ने मेरो भनाइ हो । अरुलाई भन्न सजिलो छ । किनभने हाम्रो मुलुकमा विदेशी लगानी कति आयो त ? के सार्कको कारणले लगानी नआएको हो ? कि हाम्रो आन्तरिक नीतिहरु मिलेको छैन  ? नेपाललाई ब्रान्डिङ गर्न सकेका छैनौ, त्यो कमजोरी हाम्रो हो ।

भारत र पाकिस्तान जति राजनैतिक रुपमा अलग भएता पनि पाकिस्तानमा भारतीय प्रविधिको प्रयोग गरेर अहिले ठूला ७ वटा स्टील उद्योग स्थापना भएका छन् । स्टील उद्योगका लागि मेसिन र प्रविधिहरु भारतबाट ल्याइएको हो ।

म भारत गएका बेला त्यहाँको मन्त्रीसंग कुरा गरे । नेपालको प्रधानमन्त्री ज्यूलाई पनि त्यही आग्रह गरेको छु । परराष्ट्र र वाणिज्य मन्त्रालयमा पनि त्यही कुरा गरेको छु । हाम्रा धेरै मुद्धा छन् । नेपालका लागि सार्कबाट माग गर्नु पर्ने । त्यतिका धेरै भएता पनि प्रमुख एउटै एजेन्डा बीबीआईएनको कन्सेप्ट हो जो सार्क अन्तर्गतको छ । सार्कले क्षेत्रिय कोअपरेसन गर्न पाउछ भन्ने हामीले सम्झौता गरिसकेका छौं । त्यो सम्झौताले बीबीआईएनमा भुटानले केही अब्जेशन ल्याए पनि भारत, बंगलादेश र नेपालबीच विस्तृत सम्झौता भएको छ ।

भारतको गाडीहरु बंगलादेशमा जान सक्छन् । तर नेपाली ट्रकहरु किन बंगलादेश जान सकिरहेको छैन । यो एक मात्रै एजेन्डा हामीले उठाउनुपर्छ । हामी स्वतन्त्र हुन चाहन्छौं भने यो एजेन्डालाई अगाडी बढाउन पर्छ । भारतले यो कुरालाई अगाडी बढाउछौं भनेको छ । तर यो कुरा नेपालले जोडका साथ अघि बढाउन पर्यो ।

मोटर भेहिकल सम्झौत भयो भने ट्रान्समिसन सजिलैसंग जानेमा हामीले विश्वास लिएका छौं । सार्कको परिवारमा बसेर त्यसको फाइदा नेपालीले पाउनु पर्यो अब । अहिले बंगलादेशले भुटानबाट धेरै तरकारी र फलफुल आयात गर्न थालेको छ । तर नेपालबाट त्यहाँ के गइरहेको छ त ? त्यसले गर्दा यो मुद्धा हामीले उठाउनुपर्छ ।

अहिलेको सन्दर्भमा सार्कको अध्यक्ष नेपाल हो । सार्क चेम्बरको नेतृत्व पनि हामीले नै गरिराखेका छौं । त्यसले गर्दा पनि नेपालको सन्दर्भमा यो धेरै महत्वपूर्ण कुरा हो । कमसेकम नेपाललाई केही हुन सक्ने यो मुद्धालाई व्यापक छलफल गर्न सकियो भने नेपालको लागि ठूलो कुरा हुनेछ । मेरो फोकस सम्मेलनमा मोटर भेहिकल सम्झौता कार्यन्वन हो ।

चैत पहिलो साता सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले आयोजना गर्न लागेको छैठौं ‘विजनेश लिडर्स कनक्लेभ’ सम्बन्धी आयोजना गरिएको पत्रकार सम्मेलनमा गरिएको अध्यक्ष वैद्यको सम्बोधनको सारः–

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.