भक्तपुर पर्यटन विकास समिति र अस्पतालबीच पर्यटकलाई आकस्मिक सेवा दिने सम्झौता

  २०७४ फागुन २७ गते १४:२१     विकासन्युज

भक्तपुर । भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारका लागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतबार सम्झौता भएको छ । उक्त सेवा आइबारदेखि नै लागू हुने भएको छ ।

अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, फुट पोइजन साधारणदेखि अन्य रोगको उपचार हुने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताएका छन् ।

उनका अनुसार भक्तपुरमा आउने पर्यटकका लागि आकस्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको हो ।

भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक झन बढ्ने बताएका छन् । उनले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.