लालबाबु पण्डित एक्सन म्यान हुन्: नेपाल

  २०७४ फागुन २३ गते ११:०९     विकासन्युज

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले वातावरण मन्त्री लालबाबु पण्डितलाई एक्सन म्यानको संज्ञा दिएका छन् । रौतहट टाइम्स साप्ताहिकको २० औं बार्षिकोत्सवका अवसरमा आयोजीत कार्यक्रममा नेता नेपालले मन्त्री पण्डितलाई एक्सन म्यानको उपमा दिएका हुन् ।
‘लालबाबु जी एक्सन म्यान हो, उहाँ जहाँ जानु हुन्छ त्यहाँ परिवर्तन आरम्भ हुन्छ, सामान्य प्रशासन मन्त्री हुँदा जस्तै अहिले पनि नागरिकले उहाँबाट राम्रो कामको आभास गर्न पाईसकेका छन’, नेता नेपालले भने ।

पण्डित जस्ता मन्त्रिहरुका कारण वर्तमान सरकारको सुरुवात समेत सकारात्मक भैसकेको पनि बताए । ‘उहाँ जस्ता मन्त्रीहरुको नियुक्ती र सुरुवातका कामल नै सरकार सफल हुने बाटोमा अघि बढेको देखिन्छ, पण्डितले वातावरण सफाईमा देखाएको अग्रसरता साँच्चै प्रसंशा योग्य छ’, नेता नेपालले भने ।

कार्यक्रममा मन्त्री पण्डितले वातावरण बिगार्ने र फोहर गर्नेलाई डण्डा लगाउने उद्घोष गरेका थिए । उनले ठुला कतिपय ठुला उद्योगहरुले वातावरणिय प्रभाव मूल्यांकन नै नगरेको तथ्य भेटिएकाले कारवाहीको प्रक्रिया अघि बढेको पनि बताएका थिए । ‘अब फोहर सफा गर्ने मात्रै होइन, डण्डा पनि लगाउने हात चाहिएको छ, डण्डा बोकेर हिड्नुस फोहर गर्नेलाई तत्काल हान्नुस’, मन्त्री पण्डितले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.