अखिल पुनर्गठन हुदैँ, को बन्ला अध्यक्ष ?

  २०७४ फागुन २१ गते १८:४४     विकासन्युज

काठमाडौं । अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसद भए पछि अहिले पुनर्गठनको मुद्धाले प्रवेश पाएको छ । अनेरास्ववियुको स्थायी कमिटीको औपचारिक वैठकमा अध्यक्ष नविना लामाले विदा लिने घोषणा गरेकी थिइन । अखिलको ईतिहास हेर्ने हो भने पनि २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलवाट राजिनामा दिएपछि अध्यक्ष योगेश भट्टराई बनेका थिए । अहिले पनि अखिल पुनर्गठनको मुद्धामा केन्द्रित भएको छ ।

पार्टी ईन्चार्ज रविन्द्र अधकारी पनि यों गृहकार्यमा लागेका छन् । केपि ओलि समुहबाट रश्मि आचार्य , महेश बर्तौला ,ऐन महर, शैलेष लामा, सुनिता बराल अध्यक्ष बन्न लागेका छन् । केपि ओलि समुहमा को बन्ने भन्ने विवाद रहेको छ । माधव नेपाल र झलनाथ खनाल समुहबाट भने सुदेश पराजुली अध्यक्ष बन्न लागेका छन् ।

ओली समुहमा कसैले पनि एक अर्कालाई स्वीकार नगर्ने अवस्था सृजना भएपछि नेपाल समुहबाट पराजुलीले आफ्नो दावेदारीलाई कडा रुपमा अघि सारेका छन् ।
ओली समुहमा एकले अर्कालाई स्विकार नगर्ने अवस्था सृजना भएपछि उनीहरुकै प्रस्तावमा पराजुलीले आफु अध्यक्ष बन्ने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.