काँग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, प्रकाशमानलाई भन्दा दोब्बर मत

  २०७४ फागुन २१ गते १३:१७     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित भएका छन् ।

केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिए ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.