रजिस्ट्रारको कार्यालयले आजदेखि सुरु गर्याे ‘विन्डो सिस्टम’

  २०७४ फागुन २० गते १६:५५     विकासन्युज

काठमाडौं । कम्पनी  कार्यालयले आइतबारदेखि ‘विन्डो सिस्टम’ सुरु गरेको छ । जसअन्तर्गत सहायक रजिस्ट्रार रहेको कक्षको झ्यालबाट आवश्यक सेवाको लागि फाइल पेश गरिन्छ । उक्त फाइलको प्रक्रिया कार्यालयहरुका कर्मचारीहरुलेनै अघि बढाउछन् । अन्तमा जहाँ फाइल पेश गरिएको हो सोही सहायक रजिस्ट्रारको कक्षबाट सेवाग्राहीलाई फाइल उपलब्ध गराइने कार्यालयका सूचना अधिकारी गंगाधर पौडेलले बताए । सेवाग्राहीलाई छिटो, छरितो र सहज रुपमा सेवा प्रदान गर्नका साथै फाइलको सुरक्षा गर्ने उद्देश्यले उक्त प्रणाली सुरु गरिएको हो ।

गएका दिनहरुमा कार्यालयभित्र विभिन्न किसिमका सेवाग्राही प्रवेश गर्ने, भिडभाड बढाउने, फाइल अव्यवस्थित राख्ने लगायत समस्या हुने गरेकोले सो प्रणालीले सुधार आउने उनको विश्वास छ ।

‘कागजात पुगेमा छिटाेमा १/२ घन्टाभित्रै काम बन्नेछ,’   उनले भने ‘बढीमा कामको प्रकृतिको आधारमा फाइल पेश गरेको २/३ दिन भित्र काम सिदिन्छ,’ उनले भने ‘प्रत्येक कामको लागि प्रत्येक कार्यालय सहायकहरु काममा खटिएका छन् ।’

कार्यालयका सहायक रजिस्ट्रार नारायण भट्टराईले कम्पनी सम्बन्धी अधिकांश काम ‘विन्डो सिस्टम’ अनुसार हुने बताए । उनका अनुसार कम्पनी दर्ता, दर्ता खारेज, सेयर लागत अभिलेख लगातका कामहरु हुन्छन् । ‘साे प्रणालीको कारण सेवा सहज बनेता पनि पर्याप्त जनशक्ति भएन भने समस्या निम्तिने देख्दछु,’ उनले भने ।

सेवाका लागि आएका कानुन व्यवसायी ज्ञानप्रसाद खनालले ‘विन्डो सिस्टम’ ले सेवा प्रवाह सहज बन्ने विश्वास लिए । कार्यालयमा भेटिएका विभिन्न सेवा ग्राहिहरुले उक्त प्रणालीले काम सहज हुने, फाइल नहराउने लगायतमा सहयोग पुग्ने बताएका छन् । यद्यपि पर्याप्त जनशक्ती जुटाउन नसके ढिलासुस्ती लागातयको समस्या अझ बढ्ने उनीहरुले सङ्का गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.