पशुपति मुरारकाले भने-भन्सार बढ्छ भन्नु चिन्ताको विषय

  २०७४ फागुन १९ गते १२:०६     विकासन्युज

  1. काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अर्थमन्त्रीको निर्देशनले भन्सार राजश्व बढ्छ भन्ने चिन्ताको विषय भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत आफनो धारणा सार्वजनिक गर्दै उनले राजश्व बढ्न आयातमा वृद्धि हुन पर्ने जिकिर गरेका छन् । आयात नबढीकन राजश्व मात्र बढ्छ भन्नु विगतमा अपचलन भएको स्वीकार गर्नु हो उनले ट्विटरमा लेखेका छन् । १ अर्ब रुपैयाँ थप राजश्व थपथाप गरेर असुली भएको मुरारकाको दावी छ ।

यता अर्थमन्त्री डा. खतिवडाले राजश्व सचिव र भन्सार कार्यलय प्रमुखलाई चुहावट रोक्न निर्देशन दिएका छन् । नयाँ अर्थमन्त्रीले मूल्यसूचिका आधारमा बढी राजश्व संकलन गर्न भन्सार प्रमुखलाई भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.