प्रधानमन्त्री ओलीले भने–आगामी कात्तिकभित्रै दुई अंकको आर्थिक बृद्धि हुन्छ

  २०७४ फागुन १७ गते १७:१३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुर्याउने बताए ।

बिहीबार प्रधानमन्त्री ओली निवास बालुवाटारमा नेपाल चेम्बर अफ कमर्शले १८ बुदे सुझाब प्रतिवेदन बुझाउने क्रममा उनले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धि पुर्याउने प्रतिबद्धता जनाए । तर दुई अंकको आर्थिक बृद्धिदरले मात्र पर्याप्त नहुने उनको भनाइ छ । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुर्याउने योजना रहेको प्रधानमन्त्री ओलीले जनाए ।

त्यस्तै सोही कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चाहीँ चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तुरुन्तै गर्ने बताए । दिइएका सुझावहरुमध्ये गर्न हुनेलाई गर्ने र गर्न नहुनेलाई भने नगर्ने स्पष्ट पारेका थिए ।

चेम्बरले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिदै उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको जनाएको छ । प्रतिवदेनमा मुलुकको समस्त आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडी वढ्नुपर्ने जोड दिइएको बताइएको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रतिवेदनमा स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीदेखि कृषि, उर्जा, पर्यटन लगायत मुलुकको समग्र आर्थिक विकास समेटिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.