चेम्बरले प्रधानमन्त्रीलाई बुझायो १८ बुँदे सुझाब, दुई अंकको आर्थिक वृद्धिको दशक बनाउन पर्ने माग

  २०७४ फागुन १७ गते १६:३३     विकासन्युज

काठमाडौं । निजी क्षेत्रले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक बृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्वरले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निजी क्षेत्रकोतर्फबाट सुझाब प्रतिवेदन बुझाएको छ । प्रतिवदेनमार्फत मुलुकको समस्त आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र संयुक्त रुपमा मिलेर अगाडी वढ्नुपर्ने जोड दिइएको जनाइएको छ ।


चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रधानमन्त्री निवास वालुवाटरमा प्रधानमन्त्री ओलीलाई एक कार्यक्रमवीच १८ बुँदे सुझाबसहितको २३ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए । जसमा कृषि क्षेत्र, उर्जा क्षेत्र, पर्यटन क्षेत्रलगायत सम्बन्धी सुझाब रहेका छन् । व्यवसयामा लागत घटाउने, कानुनी शासनको प्रत्याभुति, औद्योगिक विकास तथा विदेशी लगानी जुटाउने सम्बन्धी सुझाबहरु प्रतिवेदनमा समाबेश गरिएको चेम्बरले बताएको छ ।

राजस्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ को व्यवस्था लगायतको सम्बन्धमा समेत प्रधानमन्त्रीलाई सुझाब दिइएको चेम्बरको भनाइ छ ।

त्यस्तै अत्यधिक सार्वजनिक विदाले मुलुकको आर्थिक विकासमा नराकारात्मक प्रभाब पारेको विगतदेखि नै निजी क्षेत्रले उठाउदै आएको छ । त्यसको समाधान गर्न निश्चित समुदायको पर्वमा सोही समुदायलाई मात्रै विदा गर्र्नु पर्ने व्यवस्था मिलाइदिन निजी क्षेत्रको माग छ ।

सुझाब बुझ्दै प्रधानमन्त्री ओलीले मुलुकलाई परिवर्तनको दिशामा अग्रसर बनाउन दुई अंकको आर्थिक बृद्धिदरमा पर्याप्त नहुने बताए । साथै स्थीर सरकारले निजी क्षेत्रसँंग सहकार्य गरी आउँंदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक बृद्धि पुर्याउने बताए । गत आर्थिक वर्षमा भएको ७.९ प्रतिशतको आर्थिक बृद्धिदरलाई वढाएर दुई अंकको आर्थिक बृद्धिद्धरमा पुयाउने योजना रहेको उनको भनाइ छ ।

चेम्वरका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक बृद्धिका लागि सरकारले गर्नुपर्ने विभिन्न कामहरुबारे निजी क्षेत्रकोतर्फबाट सुझाबका बुँंदाहरुबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाइराखेको दोहोरो कर प्रणालीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले चेम्वरले दिएको सुझाबहरुमध्ये तत्काल गर्न सकिने कामहरु तत्काल गर्ने प्रतिवद्धता जनाए । दिइएको सुवावहरुमध्ये गर्न हुने गर्ने र गर्न नहुने नगर्ने स्पष्ट पारे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.