पोल्याण्डलाई लगानी गर्न निजी क्षेत्रको आग्रह

  २०७४ फागुन १६ गते १३:५५     विकासन्युज

नेपालमा पोल्याण्डलाई लगानी गर्न निजी क्षेत्रले आग्रह गरेकाे छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्वर अफ कमर्सले पोल्याण्डका राजदूत एडन बुराकोस्कीको स्वागतमा मंगलबार चेम्वर भबन कान्तिपथमा गरेको स्वागत कार्यक्रममा उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँंगै नेपालमा लगानीको सुरक्षित वातावरण बनेको बताए ।

नेपालको पर्यटन, उद्योगलगायतका क्षेत्र लगानीका लागि उपयुक्त हुनसक्ने चेम्बरकाे भनाइ छ । नेपालमा लगानीको वातावरण बनाउन लगानी वोर्डसँंग पनि पटक–पटक छलफल चलेको जानकारी गराउदै नेपालमा लगानी गरी दुवै देशको आर्थिक विकासमा योगदान दिन चेम्बरले आग्रह गरेकाे छ ।

त्यस्तै पोल्याण्डका राजदूत बुराकोस्कीले नेपालसँंग सहकार्य गरी दुवै देशको आर्थिक विकासका गर्न पोल्याण्ड तयार रहेको बताए । साथै उनले दुई देशवीच विचार आदानप्रदान गरी अगाडी वढ्न पोल्याण्ड सरकार तप्पर रहेको उनको भनाइ छ । कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.