उद्योगमन्त्री यादवले निजी क्षेत्रलाई भने– समस्या ल्याउनुस म तुरुन्त समधान गर्छु

  २०७४ फागुन १५ गते १७:३२     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रका सबै समस्या समधान गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको उद्योगी व्यवसायी प्रतिनिधिमण्डलसंगको मंगलबार भएको भेटमा निजी क्षेत्रका समस्या तत्काल समधान गर्ने बताएका हुन ।

“समस्या के हुन ? कहाँ समस्या छन ? सबै लिखित रुपमा लिएर आउनुस म सबै समधान गर्ने छु” उनले भने “अब उद्योगी व्यवसायीको समस्या रहदैनन् ।”

आफु प्राविधिक नभएको भन्दै उनले उद्योग क्षेत्रको विकासका लागि रचनात्मक सुझाव दिन व्यवसायीलाई अनुरोध गरेका थिए । व्यवसायीले मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा योगदान १५ बाट घटेर ५ प्रतिशतमा सीमित भएकाले यसलाई बढाउनका लागि सहयोग गर्न अनुरोध गरेका थिए ।

उद्योगले दिने सुविधा अर्थ मन्त्रालयलले रोक्ने गरेको भन्दै व्यवसायीले अन्तर मन्त्रालय समन्वय गर्न मन्त्री यादवको ध्यानकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.